नेपाल टेलिकम एनपिएल-३ को ‘अफिसियल पार्टनर’, कात्तिक ९ देखि प्रतियोगिता
- नेपाल टेलिकम र क्यानबीच प्रायोजन सम्झौता ।
- कात्तिक ९ देखि मङ्सिर ५ सम्म एनपिएल ।
- क्रिकेटको संस्थागत विकासमा योगदान पुग्ने विश्वास ।
काठमाडौँ । नेपाल टेलिकम तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को ‘अफिसियल पार्टनर’ बन्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान) का महाप्रबन्धक उत्सव ढुङ्गानाले आज हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताका अवसरमा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्लीराम अधिकारीले राष्ट्रियस्तरको क्रिकेट प्रतियोगितामा कम्पनीले पहिलेदेखि नै सहयोग गर्दै आएको स्मरण गर्नुभयो । उहाँले यस सहकार्यले देशमा क्रिकेटको संस्थागत विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
तेस्रो संस्करणको एनपिएल यही कात्तिक ९ देखि आगामी मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आयोजना हुँदैछ । रासस
प्रकाशित मिति: आइतबार, कात्तिक १, २०८३ १५:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
