काठमाण्डू । आइसीसी विश्वकप क्रिकेट लिग-२ एकदिवसीय श्रृङ्खला खेल्ने नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
यहाँ आज आयोजित कार्यक्रममा नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीले नेपाली टोलीको बिदाइ गर्नुभएको हो । बिदाइ समारोहमा क्यानका अध्यक्ष चन्दले खेलाडी उच्च लयमा रहेकाले श्रृङ्खलामा नेपालले उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले नेपाली टोलीलाई बधाई तथा शुभकामनासमेत दिनुभयो ।
आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानडाको सामना गर्नेछ । उक्त श्रृङ्खला नेपालले श्रृङ्खलाअन्तर्गत नेपालले यही असोज २५ गते क्यानडासँग, असोज २७ गते ओमानसँग, असोज ३१ गते क्यानडासँग तथा आगामी कात्तिक २ गते ओमानसँग खेल खेल्ने छ । एकदिवसीय मान्यता जोगाउन नेपालका लागि उक्त श्रृङ्खला महत्वपूर्ण छ । रासस
