सुनको मूल्य प्रतितोला १२ हजार २०० ले घट्यो !

काठमाण्डू । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन प्रतितोला रु १२ हजार २०० र चाँदीको मूल्य प्रतितोला रु २२५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला रु दुई लाख ४५ हजार ४०० र चाँदीको मूल्य रु तीन हजार ११० कायम छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु. दुई लाख ५७ हजार ६०० र चाँदीको मूल्य रु तीन हजार ३३५ कायम थियो । 

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update