RayNewsDaily
प्रधानमन्त्री शाहको चासोपछि घट्यो हवाई भाडा, स्वीकृत दरभन्दा सस्तोमा टिकट बेच्न वायुसेवा कम्पनी सहमत
  • स्वीकृत दरभन्दा सस्तोमा टिकट बिक्री गरिने ।
  • भाडादरबारे अनलाइन प्लेटफर्ममा सूचना राखिने ।
  • चाडपर्वमा हवाई भाडा बढेको गुनासोपछि पहल ।

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको निर्देशन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेश)को सक्रियतापछि आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री गर्न सहमत भएका छन् ।

नजिकिँदो चाडपर्वको मौका छोपेर हवाई भाडादर बढाइएको गुनासो आएपछि प्रधानमन्त्री शाहले यसबारे चासो देखाउनुभएको थियो । त्यसपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले आज सम्बन्धित आन्तरिक वायुसेवा कम्पनीका पदाधिकारी तथा प्रतिनिधिसँग छलफल गरेको थियो ।

छलफलपछि स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री तथा वितरण गर्ने विषयमा वायुसेवा कम्पनीहरू सहमत भएको क्यानले जनाएको छ ।

क्यानका महानिर्देशक मुकेश डङ्गोलका अनुसार स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री वितरण गर्ने तथा सो भाडादरबारे सम्बन्धित कम्पनीका बिक्री वितरण प्लेटफर्ममा सूचना प्रकाशन गर्ने सहमति भएको छ । रासस

प्रकाशित मिति: बिहीबार, असोज २२, २०८३  २१:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update