- नेप्से ६.३८ अङ्कले घटेर २,५७२.३४ विन्दुमा ।
- ३ अर्ब ७४ करोड ८० लाख रुपैयाँको कारोबार ।
- १३ उपसमूहमध्ये १२ वटा घट्दा १०० कम्पनीको शेयर बढ्यो ।
रे समाचार/काठमाडौँ । शेयर कारोबार मापक नेप्से परिसूचक आज ६.३८ अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६.३८ अङ्कले घटेर २ हजार ५७२ दशमलव ३४ विन्दुमा कायम भएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ६३ अङ्कले घटेर ४६१ दशमलव २२ विन्दुमा पुगेको छ ।
त्यस्तै, फ्लोट सूचक शून्य दशमलव २६ अङ्कले घटेर १७७ दशमलव ४५ तथा सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव १९ अङ्कले घटेर १५५ दशमलव ६५ विन्दुमा कायम भएको छ । आज विभिन्न कम्पनीका १ करोड ३ हजार ६८८ कित्ता शेयर ३ अर्ब ७४ करोड ८० लाख ८० हजार ३०३ रुपैयाँमा खरिद-बिक्री भएको छ ।
कुल १३ उपसमूहमध्ये एक उपसमूह बढेको छ भने १२ उपसमूह घटेका छन् । आज १०० कम्पनीको शेयर मूल्य बढ्दा १६७ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । आज घलेम्दी हाइड्रोपावर, एनआईसी एसिया ब्यालेन्स फण्ड, इङवा हाइड्रोपावरलगायतका लगानीकर्ताले कमाएका छन् । ग्लोबल आईएमई समुन्नत योजना, एसबिएल डिबेञ्चर र मेगा म्युचुअल फण्डलगायतका लगानीकर्ताले भने गुमाएका छन् ।
