RayNewsDaily
सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढ्यो, चाँदी पनि १० रुपैयाँ महँगियो
  • सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँ कायम ।
  • चाँदी प्रतितोला ४ हजार ४२५ रुपैयाँ पुग्यो ।
  • मंगलबारको तुलनामा दुवै धातुको मूल्य वृद्धि ।

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ८०० र चाँदीको मूल्य रु १० ले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ९२ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ४२५ कायम भएको छ ।

मंगलबार छापावाल सुन प्रतितोला रु २ लाख ९१ हजार ५०० र चाँदी प्रतितोला रु ४ हजार ४१५ मा कारोबार भएको थियो । रासस

प्रकाशित मिति: बुधबार, असोज २१, २०८३  १२:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update