RayNewsDaily
शेयर बजारमा २० अंकको गिरावट, कारोबार रकम पनि घट्यो
  • नेप्से २०.४८ अंकले घट्यो ।
  • कारोबार रकम ३ अर्ब २७ करोड ।
  • १२ उपसमूहको परिसूचक घट्यो ।

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक २०.४८ अंकले घटेर २५६६.७६ विन्दुमा झरेको छ ।

नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ४ अर्ब २९ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएकोमा आज ३ अर्ब २७ करोड ९५ लाख ९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज स्ट्यान्डर्ड चार्टर्ड बैंकको डिबेञ्चरको मूल्य सर्वाधिक ५.७५ प्रतिशतले बढेको छ । एसबिएल डिबेञ्चरको मूल्य करिब ५ प्रतिशत र ग्लोबल आइएमई समुन्नत योजनाको एकाइ मूल्य पनि करिब ५ प्रतिशतले बढेको छ ।

त्रिशूली जलविद्युत् कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ५.८४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको २२ करोड ८६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, हाथवे इन्भेष्टमेन्टको ८ करोड ४९ लाख र शिवम् सिमेन्ट्सको ८ करोड ४३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

१३ वटा उपसमूहमध्ये व्यापार उपसमूहबाहेक सबै उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: सोमबार, असोज १९, २०८३  १५:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update