सुनको मूल्य २९ सय र चाँदी ६० रुपैयाँले घट्यो
- सुनको मूल्य तोलामा २९ सय रुपैयाँ घट्यो ।
- चाँदीको मूल्य ६० रुपैयाँले घटेर ४ हजार ३९० ।
- आज छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ९०० ।
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला दुई हजार ९०० रुपैयाँ र चाँदीको मूल्य ६० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य प्रतितोला चार हजार ३९० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । रासस
प्रकाशित मिति: आइतबार, असोज १८, २०८३ १३:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
