- नेप्से ११.९० अंक घटेर २५८७.२५ विन्दुमा ।
- कारोबार रकम ४ अर्ब २९ करोडमा सीमित ।
- १३ मध्ये ११ उपसमूहको परिसूचक घट्यो ।
रे समाचार/काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज शेयर बजारमा गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक ११.९० अंक घटेर २५८७.२५ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ८९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकामा आज ४ अर्ब २९ करोड ३७ लाख ७४ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज एनएमबि डिबेञ्चरको मूल्य सर्वाधिक १४.२९ प्रतिशतले बढेको छ । एसबिएल डिबेञ्चरको मूल्य करिब ९ प्रतिशत तथा माण्डु हाइड्रोपावरको शेयरमूल्य करिब साढे ५ प्रतिशतले वृद्धि भएको छ । यता, सिन्धु विकास बैंकको शेयरमूल्य सर्वाधिक ८.५५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा एसबिएल डिबेञ्चर शीर्ष स्थानमा रहेको छ । उक्त ऋणपत्रको २६ करोड ५३ लाख रुपैयाँबराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ्ग मिल्सको साढे १५ करोड रुपैयाँबराबरको शेयर तथा आँखुखोला जलविद्युत् कम्पनीको करिब १५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज १३ वटा उपसमूहमध्ये दुई उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ ।
