RayNewsDaily
शेयर बजार निरन्तर ओरालो,  नेप्से फेरि २६०० विन्दुमुनि
  • नेप्से ४.८२ अंकले घट्यो ।
  • कारोबार रकम बढेर ४ अर्ब ७६ करोड पुग्यो ।
  • घलेम्दी हाइड्रोको कारोबार सर्वाधिक ।

रे समाचार/काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचकमा आज पनि गिरावट आएको छ । नेप्से परिसूचक आज ४.८२ अंक घटेर २५९८.८९ विन्दुमा झरेको छ ।

नेप्से घटे पनि आज कारोबार रकम भने सामान्य वृद्धि भएको छ । हिजो ४ अर्ब ६५ करोड ४८ लाख बराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ७६ करोड ५१ लाख २७ हजार रुपैयाँ बराबरको शेयर किनबेच भएको छ । 

सिनधु विकास बैंकको शेयरमूल्य आज सर्वाधिक १४.३७ प्रतिशतले बढेको छ । यसैगरी, सयपत्री हाइड्रोपावरको मूल्य ८.४१ प्रतिशतले बढेको छ भने घलेम्दी हाइड्रोपावरको मूल्य ७.३१ प्रतिशतले वृद्धि भएको छ । सानिमा ग्रोथ फन्डको शेयरमूल्य भने आज सर्वाधिक ३.७८ प्रतिशतले घटेको छ । 

कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३९ करोड ४८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ । यसैगरी, पिपुल्स हाइड्रोपावर कम्पनीको कारोबार रकम साढे २२ करोड रुपैयाँ नाघेको छ भने मञ्जुश्री फाइनान्सको १८ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । १३ उपसमूहमध्ये आज ३ वटा उपसमूहको परिसूचक बढेको छ भने अन्य उपसमूहहरूको परिसूचक घटेको छ । 

प्रकाशित मिति: बुधबार, असोज १४, २०८३  १५:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update