- नेप्से १६.४७ अंक घटेर २६१३.३३ विन्दुमा ।
- कारोबार रकम ५ अर्ब ३८ करोड रुपैयाँमा सीमित ।
- १३ उपसमूहमध्ये १२ को परिसूचक घट्यो ।
रे समाचार/काठमाडौँ । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचकमा गिरावट आएको छ ।नेप्से परिसूचक आज १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।
गत बिहीबार ५ अर्ब ४४ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ५ अर्ब ३८ करोड ५७ लाख ८५ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।
आज केबिएल डिबेञ्चरको मूल्य सर्वाधिक १२.१७ प्रतिशतले बढेको छ । लक्ष्मी सनराइज डिबेञ्चरको मूल्य १० प्रतिशतले बढ्दा प्राइम बैंक डिबेञ्चरको मूल्य करिब ९ प्रतिशतले वृद्धि भएको छ । हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य भने आज सर्वाधिक १०.५८ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन डिष्टिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ८२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । शिवम् सिमेन्ट्सको कारोबार रकम साढे २९ करोड रुपैयाँ नाघेको छ भने हाथवे इन्भेष्टमेन्टको करिब २० करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।
आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एउटा उपसमूहको परिसूचक बढेको छ ।
