तेल ट्याङ्कर डुब्दा चालक दलका छ सदस्य बेपत्ता

बैंकक ।  थाइल्याण्डको पूर्वी चोन बुरी प्रान्तको तटनजिक बुधबार तेल ट्याङ्कर डुब्दा त्यसमा सवार चालक दलका छ सदस्य बेपत्ता भएका छन् ।    
    
 रोयल थाई नौसेनाका अनुसार तटबाट करिब २७ माइल टाढा बिहान ९ बजे ट्याङ्कर डुबेको सूचना प्राप्त भएपछि बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्य तत्काल सुरु गरिएको छ ।    
    
 नौसेनाले सामाजिक सञ्जाल फेसबुकमार्फत जारी गरेको विज्ञप्तिमा तेल चुहावटको असर नियन्त्रण गर्न समुद्री विभागसँग समन्वय भइरहेको जनाएको छ । साथै, घटनास्थलनजिक रहेका अन्य जलयानलाई सुरक्षित रूपमा आवतजावत गर्न सचेत गराइएको छ ।    
    
 नौसेनाले बेपत्ता व्यक्तिहरूको खोजीका लागि आवश्यक सबै तयारी गरिएको जनाएको छ । समुद्री वातावरणमा पर्न सक्ने प्रतिकूल असरको निगरानी भइरहेको र त्यसलाई रोक्न आवश्यक कदम चालिएको पनि विज्ञप्तिमा उल्लेख छ ।    
सिन्ह्वा)

प्रकाशित मिति: बुधबार, कात्तिक २५, २०८३  २०:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update