सुनचाँदीको मूल्य घट्यो
- सुन प्रतितोला रु ५०० र चाँदी रु ३० ले घट्यो ।
- छापावाल सुनको मूल्य रु २ लाख ९८ हजार ६०० कायम ।
- चाँदी प्रतितोला रु ४ हजार ६२० मा कारोबार ।
काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु ५०० घटेर रु दुई लाख ९८ हजार ६०० कायम भएको छ । चाँदीको मूल्य पनि प्रतितोला रु ३० घटेर रु चार हजार ६२० मा कायम भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार १०० तथा चाँदी रु चार हजार ६५० मा कारोबार भएको थियो । रासस
प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३ १३:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
