RayNewsDaily
नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम घट्यो
  • नेप्से ११.७७ अंकले बढेर २६२९.८१ विन्दुमा ।
  • कारोबार रकम घटेर ५ अर्ब ४४ करोडमा सीमित ।
  • नेपाल ल्यूब आयलको शेयर मूल्य १२.४७ प्रतिशतले बढ्यो ।

रे समाचार/काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ११ दशमलव ७७ अंकले बढेर २६२९ दशमलव ८१ विन्दुमा पुगेको छ । सूचक बढे पनि कारोबार रकम भने घटेको छ । 

आज ५ अर्ब ४४ करोड ७३ लाख रुपैयाँबराबरमा  शेयर खरिदबिक्री भएको छ । अघिल्लो कारोबार दिन बुधबार ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको थियो ।

शेयर नेपाल ल्यूब आयलको शेयर मूल्य सर्वाधिक १२ दशमलव ४७ प्रतिशतले बढेको छ । सोनापुर मिनरल्स, कुमारी सबल योजना र घोराही सिमेन्टको शेयर मूल्य पनि ७ प्रतिशतभन्दा बढीले बढेको छ । यस्तै, मिड सोलु हाइड्रोपावरको शेयर मूल्य सर्वाधिक ११ दशमलव ५८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३५ करोड ८१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । हिमालयन डिस्टिलरीको ३५ करोड १६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ । आज १३ उपसमूहमध्ये १२ उपसमूहको सूचक बढेको छ भने निर्जीवन बीमा उपसमूहको सूचक घटेको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update