RayNewsDaily
सुनको मूल्य तोलामै ३ हजार २०० घट्यो
  • सुन प्रतितोला रु २ लाख ९९ हजार १०० कायम 
  • चाँदी प्रतितोला रु ४ हजार ६५० मा झर्‍यो 
  • सुन रु ३ हजार २०० र चाँदी रु १६५ ले घट्यो 

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु ३ हजार २०० र चाँदीको रु १६५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ९९ हजार १०० र चाँदी रु ४ हजार ६५० कायम भएको छ ।

बुधबार छापावाल सुन प्रतितोला रु ३ लाख २ हजार ३०० र चाँदी रु ४ हजार ८१५ कायम भएको थियो । रासस

प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update