प्रधानमन्त्री राहत कोषमा १५ अर्ब ५३ करोड मौज्दात, पछिल्लो २४ घण्टामा २० करोड थपियो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १५ अर्ब ५३ करोडभन्दा बढी ।
- पछिल्लो २४ घण्टामा रु २० करोड ७२ लाखभन्दा बढी जम्मा ।
- बाढी प्रभावित क्षेत्रका लागि यसअघि रु एक अर्ब निकासा ।
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्नेक्रम जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न खातामा गरी हाल रु १५ अर्ब ५३ करोड २४ लाख ४२ हजार ९६२ मौज्दात रहेको छ ।
कोषका नौ वटा वाणिज्य बैंकमा रु ११ अर्ब ६३ करोड ८० लाख ९८० हजार २९१ तथा हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा दुई करोड ५४ लाख ४७ हजार ५४६ अमेरिकी डलर मौज्दात रहेको कार्यालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा मात्रै कोषमा रु २० करोड ७२ लाख ५६ हजार ९३१ जम्मा भएको छ । सरकारले कोषमा जम्मा भएको रकमबाट यसअघि बाढी प्रभावित क्षेत्रका लागि रु एक अर्ब निकासा गरिसकेको छ । रासस
प्रकाशित मिति: बिहीबार, असोज ८, २०८३ ११:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
