RayNewsDaily
नेप्से ३६ अंक घट्यो, कारोबार रकम पनि खुम्चियो
  • तीन दिनको निरन्तर वृद्धिपछि नेप्से ३६.२५ अंकले घट्यो ।
  • कारोबार रकम ६ अर्ब ३५ करोड ६६ लाखमा सीमित ।
  • १३ वटै उपसमूह घट्दा जीवन बीमा २.०४ प्रतिशतले ओरालो ।

रे समाचार/काठमाडौँ । पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर बढिरहेको शेयर बजार मापक नेप्से परिसूचक आज भने घटेर बन्द भएको छ । नेप्से परिसूचक आज ३६.२५ अंक घटेर २६१८.०३ विन्दुमा झरेको छ । कारोबार रकम पनि घटेको छ । हिजो ७ अर्ब ५ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ३५ करोड ६६ लाख ११ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य १७५ रुपैयाँ बढेर १ हजार ३४१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको छ । अन्य स्टकको मूल्यवृद्धि भने साढे ५ प्रतिशतभन्दा कम रहेको छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य आज सर्वाधिक ८.५४ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको ३८ करोड ३४ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र हिमालयन डिष्टिलरीको २० करोड ५० लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक २.०४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update