RayNewsDaily
प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी
  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका खातामा रु १५ अर्बभन्दा बढी मौज्दात ।
  • नौ वाणिज्य बैंकका खातामा रु ११ अर्ब २७ करोडभन्दा बढी रकम ।
  • बाढी प्रभावित क्षेत्रका लागि यसअघि नै रु एक अर्ब निकासा ।

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम जारी छ । हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका सबै खातामा गरी रु १५ अर्बभन्दा बढी मौज्दात रहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौ वटा वाणिज्य बैंकमा रु ११ अर्ब २७ करोड दुई लाख ६० हजार ६८५ मौज्दात छ । त्यस्तै, हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा रहेका अमेरिकी डलर खातामा दुई करोड ४८ लाख चार हजार ७०२ अमेरिकी डलर मौज्दात रहेको छ ।

सबै खातामा गरी रु १५ अर्ब छ करोड ५६ लाख २८ हजार १६७ मौज्दात रहेको कार्यालयले जनाएको छ ।

सरकारले उक्त कोषमा जम्मा भएको रकमबाट यसअघि नै बाढी प्रभावित क्षेत्रका लागि रु एक अर्ब निकासा गरिसकेको छ । रासस

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update