सुनको मूल्य तोलामा १ हजार ७०० र चाँदी ३० रुपैयाँ घट्यो
- सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँ घट्यो ।
- छापावाल सुन ३ लाख २ हजार २०० रुपैयाँमा कारोबार ।
- चाँदीको मूल्य तोलामा ३० रुपैयाँ घटेर ४ हजार ७७५ रुपैयाँ कायम ।
रे समाचार/काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला रु एक हजार ७०० र चाँदीको मूल्य रु ३० घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख दुई हजार २०० मा कारोबार भइरहेको छ । त्यस्तै, चाँदी प्रतितोला रु चार हजार ७७५ कायम भएको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार ९०० र चाँदी प्रतितोला रु चार हजार ८०५ मा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३ ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
