RayNewsDaily
युद्धका क्रममा युक्रेनबाट कब्जा गरिएका क्षेत्रमा रुसद्वारा संसदीय निर्वाचन   

मस्को  रुसले युक्रेनबाट गैरकानुनी रूपमा गाभेको दाबी गरिएका क्षेत्रका बासिन्दालाई पहिलो पटक आफ्नो संसदीय निर्वाचनमा सहभागी गराएको क्रेमलिनले आफ्नो नियन्त्रणलाई सुदृढ गर्ने प्रयासका रूपमा अघि बढाएको यस कदमको युक्रेनले कडा विरोध गरेको मानव अधिकारकर्मीहरूले भने त्यहाँका बासिन्दालाई मतदानका लागि दबाब दिइएको बताएका छन्     
    
 रुसभर शुक्रबारदेखि सुरु भएको मतदान आइतबारसम्म चल्नेछ तर, युक्रेनका रुसी नियन्त्रणमा रहेका क्षेत्र तथा रुसको सीमावर्ती केही क्षेत्रमा भने सुरक्षा कारण देखाउँदै गत महिनाको अन्त्यदेखि नै मतदान सुरु गरिएको थियो     
    
 रुसी अधिकारीहरूका अनुसार डोनेत्स्क, लुहान्स्क, खेरसन जापोरिजिया क्षेत्रमा ३५ लाखभन्दा बढी मतदाता छन् रुसले सन् २०२२ को सेप्टेम्बरमा यी क्षेत्रलाई आफूमा गाभेको घोषणा गरेको थियो त्यतिबेला ती सबै भूभागमा उसको पूर्ण नियन्त्रण थिएन रुसको उक्त कदमलाई अन्तरराष्ट्रिय समुदायले मान्यता दिएको छैन     
    
 रुसी नियन्त्रणमा रहेको डोनेत्स्क क्षेत्रको एक मतदान केन्द्रमा सशस्त्र रुसी सैनिकको उपस्थितिमा मतदाताले मतदान गरेका थिए     
    
 राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबारको सम्बोधनमा ती क्षेत्रका बासिन्दालेरुससँग पुनर्मिलनपछि पहिलो पटक स्टेट डुमाका लागि मतदान गरिरहेको बताउँदै निर्वाचनको महत्वमा जोड दिनुभयो युद्धमा सङ्लग्न रुसी सैनिकहरूले पनि मतदान गर्ने उहाँले उल्लेख गर्नुभयो     
    
 सन् २०१४ मा रुसले गाभेको क्रिमियामा पनि मतदान भइरहेको युद्धका क्रममा भइरहेको स्टेट डुमाको यो पहिलो निर्वाचनले क्रेमलिनको राजनीतिक प्रभाव सुदृढ गर्ने युद्धप्रतिको जनसमर्थन देखाउने उद्देश्य राखेको रुसी पक्षको भनाइ     
    
 युक्रेनले भने रुसी नियन्त्रणमा रहेका क्षेत्रमा गरिएको मतदानलाई गैरकानुनी भन्दै विदेशी सरकार तथा अन्तरराष्ट्रिय संस्थाहरूलाई त्यसलाई मान्यता नदिन आग्रह गरेको युक्रेनका नौ मानव अधिकारवादी संस्थाको गठबन्धनले पनि ती क्षेत्रका बासिन्दालाई मतदानमा सहभागी नहुन आह्वान गरेको     
    
 युरोपेली आयोगका प्रवक्ता क्रिश्चियन विग्यान्डले ती क्षेत्रमा गरिएको मतदानलाई अन्तरराष्ट्रिय कानुनको उल्लङ्घन भन्दै युरोपेली सङ्घले निर्वाचन त्यसका परिणामलाई मान्यता नदिने बताउनुभएको     
    
 ‘डोनबास एसओएसमानव अधिकार समूहकी संयोजक भायोलेटा आर्टेमचुकले स्थानीय निर्वाचन आयोगका सदस्यहरू रुसी सैनिक सुरक्षाकर्मीको साथमा घरघर पुगेर मानिसलाई मतदान गर्न बाध्य पारिरहेको दाबी गर्नुभयो सार्वजनिक क्षेत्रमा काम गर्नेहरूलाई जागिरबाट हटाउने धम्की दिइएको तथा सामाजिक सुरक्षा अन्य सुविधालाई मतदानसँग जोडिएको उहाँको भनाइ     
    
 किएभस्थित पेन्टा सेन्टरका राजनीतिक विश्लेषक भोलोदिमिर फेसेन्कोले रुसी नियन्त्रणमा रहेका क्षेत्रमा भएको निर्वाचनलाईबन्दुकको बलमा गरिएको निर्वाचनभन्दै आलोचना गर्नुभएको उहाँले निरन्तरको युद्धबीच भइरहेको मतदानले लोकतान्त्रिक निर्वाचनको मान्यतामाथि प्रश्न उठाएको बताउनुभयो  एपी   

प्रकाशित मिति: शनिबार, असोज ३, २०८३  १५:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update