RayNewsDaily
नेप्से २२.८५ अंक बढ्यो, कारोबार रकम ६ अर्ब ७४ करोड नाघ्यो
  • नेप्से २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा बन्द ।
  • कारोबार रकम बढेर ६ अर्ब ७४ करोड ५६ लाख रुपैयाँ पुग्यो ।
  • ११ उपसमूह बढ्दा दुई उपसमूहको परिसूचक घट्यो ।

रे समाचार/काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक २२.८५ अंक बढेर २६४७.२२ विन्दुमा पुगेको छ । नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ ।

हिजो ५ अर्ब ४९ करोड रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज ६ अर्ब ७४ करोड ५६ लाख ३१ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

आज स्नो रिभर्स लिमिटेडको शेयरमूल्य सर्वाधिक १३.६६ प्रतिशतले बढेको छ । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब १० प्रतिशत तथा मैलुङ्ग खोला जलविद्युत् कम्पनीको शेयरमूल्य करिब ९ प्रतिशतले बढेको छ । हाथवे इन्भेष्टमेन्टको शेयरमूल्य भने आज सर्वाधिक १५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा कुमारी बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३२ करोड १३ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, लक्ष्मी सनराइज बैंकको २७ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ भने ग्लोबल आइएमई बैंकको कारोबार रकम २३ करोड रुपैयाँ नाघेको छ ।

आज १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १५:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update