RayNewsDaily
सुनको मूल्य तोलामा ३ हजार ६ सय बढ्यो, चाँदी पनि महँगियो
  • सुनको मूल्य प्रतितोला रु ३ हजार ६ सय बढ्यो ।
  • चाँदीको मूल्य रु १५० ले वृद्धि ।
  • छापावाल सुन प्रतितोला रु ३ लाख ३ हजार १०० पुग्यो ।

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु ३ हजार ६०० र चाँदीको मूल्य रु १५० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ३ हजार १०० र चाँदी प्रतितोला रु ४ हजार ७७५ कायम भएको छ ।

बिहीबार छापावाल सुन प्रतितोला रु २ लाख ९९ हजार ५०० र चाँदी प्रतितोला रु ४ हजार ६२५ कायम भएको थियो । रासस

 

प्रकाशित मिति: शुक्रबार, असोज २, २०८३  १२:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update