RayNewsDaily
घरजग्गाको कारोबार ह्वात्तै बढ्यो, गत आवमा ७ खर्ब २० अर्बको किनबेच
  • घरजग्गा कारोबार सात खर्ब २० अर्ब ८६ करोड पुग्यो ।
  • एक वर्षमा कारोबार सङ्ख्या ४.७४ प्रतिशतले बढ्यो ।
  • अघिल्लो आवमा तीन खर्ब ८६ अर्बको कारोबार भएको थियो ।

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब ८६ करोड बराबरको घरजग्गा कारोबार भएको छ ।

नेपाल राष्ट्र बैङ्क आर्थिक अनुसन्धान विभागले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कारोबारमा उल्लेख्य वृद्धि भएको हो ।

राष्ट्र बैङ्कका अनुसार आर्थिक वर्ष २०८१/८२ मा रु तीन खर्ब ८६ अर्ब १५ करोड बराबरको घरजग्गा कारोबार भएको थियो ।

आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार सङ्ख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा भने अघिल्लो आवको तुलनामा घरजग्गा कारोबार सङ्ख्या १.८४ प्रतिशतले घटेको थियो । रासस

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  १५:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update