RayNewsDaily
मेल–इन मतदान रोक्ने ट्रम्पको प्रयासमा सर्वोच्च अदालतको रोक   

वासिङ्टन  अमेरिकी सर्वोच्च अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि मेलइन मतदानमा प्रतिबन्ध लगाउने प्रयास तत्काल कार्यान्वयन गर्न नपाउने निर्णय गरेको अदालतले प्रशासनले उक्त योजनामाथिको रोक हटाउन गरेको अनुरोध अस्वीकार गरेपछि लाखौँ मतदाताको हुलाकमार्फत मतदान गर्ने अधिकार तत्काल कायम रहने भएको     
    
 नौ सदस्यीय अदालतका कन्जरभेटिभ न्यायाधीशमध्ये दुई जनाले निर्णयप्रति असहमति जनाउनुभएको थियो न्यायाधीश ब्रेट काभानगले ट्रम्पको योजना भविष्यमा कानूनी हुन सक्ने भए पनि राज्य तथा स्थानीय निर्वाचन अधिकारीलाई निर्वाचनअघि त्यसलाई कार्यान्वयन गर्न पर्याप्त समय नरहेको बताउनुभयो     
    
 ट्रम्पले मार्चमा मेलइन मतदानमा प्रतिबन्ध लगाउने कार्यकारी आदेश जारी गर्नुभएको थियो उहाँले कुनै ठोस प्रमाणबिना हुलाकमार्फत हुने मतदानमा धाँधलीको जोखिम रहेको दाबी गर्नुभएको थियो आदेशविरुद्ध डेमोक्रेटिक नेतृत्वका राज्यहरूले संविधानअनुसार निर्वाचन व्यवस्थापनमा राज्यको व्यापक अधिकार रहेको भन्दै अदालतमा चुनौती दिएका थिए     
    
 ट्रम्पको आदेशले योग्य मतदाताको सूची तयार गरी अमेरिकी हुलाक सेवा (युएसपिएस) लाई सूचीमा रहेका मतदातालाई मात्र मतपत्र उपलब्ध गराउन निर्देशन दिएको थियो नर्थ क्यारोलिनासहित केही राज्यले मतदातालाई मेलइन मतपत्र पठाउन थालिसकेकाले विभिन्न राज्यका अधिकारीले कानूनी अन्योलले निर्वाचन व्यवस्थापनमा अराजकता निम्तिन सक्ने चेतावनी दिएका थिए     
    
 अमेरिकन सिभिल लिबर्टिज युनियन (एसिएलयु) ले निर्णयलाई मतदान अधिकार, निर्वाचनको अखण्डता लोकतन्त्रका लागि ठूलो विजय भनेको एसिएलयुकी मतदान अधिकार परियोजनाकी निर्देशक सोफिया लिन ल्याकिनले राष्ट्रपतिले निर्वाचन सञ्चालन नगर्ने अन्ततः नोभेम्बरको निर्वाचनको निर्णय मतदाताले गर्ने बताउनुभयो     
    
 यसैबीच, अमेरिकी हुलाक सेवाका एक कर्मचारीले सेवाले प्रयोग गरिरहेको प्रणाली अव्यवस्थित हतारमा तयार पारिएको भन्दै लाखौँ मतदाताले मतपत्र प्राप्त गर्न नसक्ने चेतावनी दिनुभएको     
    
 ट्रम्पले लामो समयदेखि मेलइन मतदानको आलोचना गर्दै आए पनि यस वर्ष फ्लोरिडाको रिपब्लिकन प्राथमिक निर्वाचनमा आफैँ हुलाकमार्फत मतदान गर्नुभएको थियो उहाँले मेलइन मतदानलाई सन् २०२० को राष्ट्रपति निर्वाचन डेमोक्रेट जो बाइडेनले आफूबाट चोरी गरेको भन्ने गलत दाबीसँग जोड्दै आउनुभएको     
    
 सर्वेक्षणहरूले रिपब्लिकन पार्टीले नोभेम्बरको निर्वाचनमा कङ्ग्रेस, विशेषगरी प्रतिनिधिसभामा रहेको आफ्नो साँघुरो बहुमत गुमाउने जोखिम देखाएका छन् डेमोक्रेटहरू विजयी भएमा उनीहरूले ट्रम्पका नीतिगत योजना रोक्ने उहाँविरुद्ध तेस्रोपटक महाभियोग प्रक्रिया अघि बढाउन सक्ने सङ्केत गरेका छन् । एएफपी    

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update