RayNewsDaily
‘धवलागिरिको इच्छा, गरिखाने शिक्षा’   

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका मा रहेको ताकम माध्यमिक विद्यालयलले तरकारी खेती सुरु गरेको     
    
 विद्यालयको दिवाखाजा, छात्रावासका लागि आवश्यक पर्ने ताजा तरकारी आफ्नै करेसाबारीमा फलाउने, विद्यार्थीहरुलाई प्राविधिक व्यावसायिक ज्ञान सीप सिकाउने उद्देश्यले तरकारी खेती सुरु गरेको हो     
    
 ताकम माविका प्रधानाध्यापक केशर रावलले टनेल बनाएर मौसमी बेमौसमी तरकारी खेती सुरुआत गरेको जानकारी दिनुभयो विद्यार्थी शिक्षकहरुले फुर्सदको समयमा प्रयोगात्मक अभ्यासका लागि पहिलो चरणमा एउटा टनेलमा बन्दा, काउली गाजर लगाएका छौँ,” उहाँले भन्नुभयो, “थप जमिनमा हिउँदे आलु साग प्रजातिका तरकारी लगाउने तयारीमा छौँ ”    
    
 ताकमको मैदानमा रहेको तीन रोपनीभन्दा बढी क्षेत्रफलको जग्गामा तरकारी खेतीलाई निरन्तरता दिने विद्यालयको योजना कक्षा देखि १० सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई तरकारी खेतीमा सहभागी गराइएको     
    
 तरकारी खेतीका लागि गाउँपालिकालेधवलागिरिको इच्छा, गरिखाने शिक्षाकार्यक्रममार्फत आर्थिक वर्ष २०८२/८३ मा रु एक लाख ५० हजार सहयोग गरेको दातृ संस्थागुड नेवर्स इन्टरनेसनलको सहयोगमा सङ्गम म्याग्दीतर्फबाट सञ्चालिक एकीकृत सामुदायिक विकास परियोजनाले प्राङ्गारिक प्रविधिबाट खेती गर्ने तरिकाका विषयमा प्राविधिक सहयोग गरेको     
    
 उक्त परियोजनाले करेसाबारी कार्यक्रममार्फत थप सहयोग गर्ने जनाएको प्रअ रावलले बताउनुभयो कक्षा आठ देखि १२ सम्म इलेक्ट्रिक इञ्जिनियरिङ विषयको पठनपाठन हुने ताकम माविमा २२१ जना विद्यार्थी अध्ययनरत छन्     
     
 विद्यार्थीहरुले पढ्दै कमाउने सीप सिक्ने, बाँझो जग्गा फुर्सदको समय सदुपयोग हुने, छात्रावासमा आवश्यक तरकारी किन्नु नपर्ने खर्च बचत हुने भएकाले यो कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको करेसाबारीमा बिताउँदा विद्यार्थीहरुले जीवनोपयोगी व्यावसायिक सीप सिक्नाका साथैरिफ्रेसमहसुस गरेका छन्  रासस   

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  ०९:४९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update