RayNewsDaily
शेयर बजारमा आज पनि गिरावट

• नेप्से १३.८५ अंकले घट्यो ।
• कारोबार रकम पनि घटेर ४ अर्बमा सीमित ।
• १३ वटै उपसमूहको परिसूचक घट्यो ।

रे समाचार/काठमाडौँ । शेयर बजारमा आज पनि गिरावट आएको छ । शेयर बजार मापक नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकम पनि घटेको छ ।

हिजो ४ अर्ब १९ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब ९ लाख ७१ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।

आज लिबर्टी इनर्जीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयरमूल्य ३२ रुपैयाँ १० पैसा बढेर २४६ रुपैयाँ १० पैसामा अन्तिम कारोबार भएको छ । दोल्ती पावर कम्पनीको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी र अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७ प्रतिशतले बढेको छ ।

सिन्धु विकास बैंकको शेयरमूल्य भने सर्वाधिक १४.९८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा लिबर्टी इनर्जी शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४५ करोड ४८ लाख ८८ हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ । रिलायन्स स्पिनिङ्ग मिल्सको २१ करोड रुपैयाँभन्दा बढी र एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १९ करोड रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ ।

आज १३ वटै उपसमूहका परिसूचक घटेका छन् । उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक १.१४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति: बिहीबार, भदौ २५, २०८३  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update