RayNewsDaily
झापाबाट २२ हात्ती फर्किए भारततिर, एउटा एक्लो हात्ती बस्ती छिर्दा त्रास

झापा । विगत एक महिनादेखि झापाका सामुदायिक वनमा बसेका २२ वटा हात्तीको हुल आज बिहान भारततर्फ फर्किएको छ । बच्चासहितको हात्तीको टोली फर्किएपछि बाहुनडाँगी र शान्तिनगर क्षेत्रका बासिन्दाले राहत महसुस गरेका छन् । यसअघि हात्तीले घर भत्काउने, धान र सुपारी बाली नष्ट गरेर दुःख दिँदै आएको थियो ।

२२ हात्ती फर्किए पनि आजै बिहान बिर्तामोड-७ मा एउटा एक्लो हात्ती बस्तीमा पसेपछि स्थानीय त्रसित बनेका थिए । उक्त हात्ती करिब चार घण्टापछि बुटाबारीस्थित चियाबगानतर्फ लागेको छ ।

भारतको आसाम र पश्चिम बङ्गालबाट मेची नदी तरेर बाहुनडाँगी हुँदै हात्तीहरू नेपाल प्रवेश गर्ने गर्छन् । सीमामा लगाइएको सोलार फेन्सिङ जीर्ण भएकाले हात्तीहरू सजिलै नेपाल छिर्ने गरेका हुन् । रासस

प्रकाशित मिति: सोमबार, भदौ २२, २०८३  १४:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update