RayNewsDaily
विपद् प्रभावितलाई बङ्गलादेशद्वारा १० लाख अमेरिकी डलर सहयोग   

काठमाण्डू । बङ्गलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख अमेरिकी डलर सहयोग गरेको नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि जारी राहत, पुनःस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न उक्त रकम आज सहयोग गरेको हो     
     
 बङ्गलादेशका विदेश राज्यमन्त्री हुमायुन कबिरले त्यहाँका लागि नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको उक्त पत्र हस्तान्तरण गर्दै सोबारे जानकारी गराउनुभएको हो यसअघि, सेप्टेम्बर मा विदेश राज्यमन्त्री कबिरले ढाकास्थित नेपाली दूतावासमा राखिएको शोक पुस्तिकामा हस्ताक्षर गर्दै भोटेकोशी बाढी विपद्प्रति समवेदना व्यक्त गर्नुभएको थियो     
    
 आकस्मिक बाढीपछि बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले प्रधानमन्त्री वालेन्द्र शाहलाई पठाउनुभएको सन्देशमार्फत नेपाल सरकार नेपाली जनताप्रति ऐक्यबद्धता व्यक्त गर्दै पीडितप्रति समवेदना तथा सहानुभूति प्रकट गर्नुभएको थियो त्यस्तै राष्ट्रपति मिर्जा फखरुल इस्लाम आलमगीरले पनि नेपालमा विपद्का कारण भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख तथा सहानुभूति व्यक्त गर्दै राष्ट्रपति रामचन्द्र पौडेलमार्फत समवेदना प्रकट गर्नुभएको थियो     
    
 बाढीको विपद्प्रति बङ्गलादेशको संसद्ले २७ अगस्टमा बसेको बैठकमा शोक प्रस्ताव पारित गर्दै बाढी पीडित तथा बेपत्ता भएका व्यक्तिहरूप्रति दुःख सहानुभूति व्यक्त गरेको थियो दिवङ्गत आत्माहरूको चिरशान्तिका लागि एक मिनेट मौनधारण गरी प्रार्थना पनि गरिएको थियो संसद्ले विपद्को प्रतिक्रियास्वरूप नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बङ्गलादेश सरकारलाई आग्रहसमेत गरेको थियो     
    
 साथै बङ्गलादेशका विदेशमन्त्री डा खलिलुर रहमानले सो सम्बन्धमा २७ अगस्टमा आफ्ना नेपाली समकक्षी शिशिर खनालसँग टेलिफोन वार्ता गर्नुभएको थियो उक्त वार्ताका क्रममा उहाँले आवश्यकताअनुसार नेपाललाई सम्भव सबै प्रकारको सहयोग गर्न बङ्गलादेश तयार रहेको आश्वासन दिँदै मानवीय सहयोग विस्तार गर्ने तरिकाबारे छलफल गर्नुभएको थियो रासस  

 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०८३  १२:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update