RayNewsDaily
इजिप्टमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु, २८ घाइते   

कायरो   इजिप्टको पूर्वी सिनाई प्रायद्वीपस्थित मरुभूमिको राजमार्गमा बुधबार यात्रुबाहक बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको भने २८ जना घाइते भएका छन्     
    
दक्षिण सिनाईस्थित दाहाब नुवेइबा रिसोर्ट सहर जोड्ने सडकमा बस अनियन्त्रित भएर पल्टिएको अधिकारीहरूले बताएका छन् उक्त क्षेत्र समुद्री तट, कोरल चट्टान पहाडी भूदृश्यका कारण विश्वभरका पर्यटकमाझ लोकप्रिय     
    
जर्डनको सरकारी सञ्चारमाध्यम अलमम्लकाले दुर्घटनामा मृत्यु हुनेमध्ये १० जना जर्डनका नागरिक रहेको जनाएको छ। बसमा २२ जना जर्डनका नागरिकसहित ४३ जना सवार रहेको बताइएको     
    
इजिप्टको स्वास्थ्य मन्त्रालयले यसअघि १६ जनाको मृत्यु भएको जानकारी दिएकोमा मृतकको संख्या बढेर २२ पुगेको जनाएको घटनास्थलमा २० वटा एम्बुलेन्स पठाइएको घाइतेहरूलाई उपचारका लागि नजिकका अस्पतालमा लगिएको मन्त्रालयले जनाएको छ।    
    
दुर्घटनाको कारणबारे भने अधिकारीहरूले तत्काल कुनै जानकारी दिएका छैनन्     
    
एएफपीले सार्वजनिक गरेको दृश्यमा दुर्घटनाग्रस्त बस सडककिनारमा पल्टिएको त्यसका भग्नावशेष छरिएको देखिएको    
इजिप्टमा सडक दुर्घटना सामान्य मानिन्छन्। तीमध्ये धेरै दुर्घटना लापरबाहीपूर्ण सवारी, सवारीसाधनको कमजोर मर्मतसम्भार तथा सडक सुरक्षा कानुनको कमजोर कार्यान्वयनका कारण हुने गरेको बताइन्छ     
     
गत महिना उत्तरी इजिप्टमा कृषि क्षेत्रमा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर बोकेका दुई पिकअप ट्रक ठोक्किँदा कम्तीमा १८ जनाको मृत्यु भएको थियो मृतकमध्ये धेरैजसो किशोरकिशोरी थिए     
    
इजिप्टको सरकारी तथ्याङ्क निकायका अनुसार गत वर्ष देशभर भएका सडक दुर्घटनामा करिब हजार जनाको मृत्यु भएको थियो  एएफपी   
    

 

प्रकाशित मिति: बिहीबार, भदौ १८, २०८३  ०७:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update