- नेप्से १५.४४ अङ्कले बढ्यो ।
- कारोबार रकम रु २.९४ अर्ब ।
- १९३ कम्पनीको सेयर मूल्य बढ्यो ।
रे समाचार/काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज १५ दशमलव ४४ अङ्कले बढेर दुई हजार ५३८ दशमलव ११ मा पुगेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज नेप्से दोहोरो अङ्कले बढेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक तीन दशमलव ०२ अङ्कले बढेर ४४९ दशमलव १८ मा पुगेको छ । त्यस्तै, फ्लोट सूचक एक दशमलव २२ अङ्कले बढेर १७४ दशमलव १९ तथा सेन्सेटिभ फ्लोट सूचक एक दशमलव १७ अङ्कले बढेर १५१ दशमलव ६१ मा पुगेको छ ।
आज विभिन्न कम्पनीका ७२ लाख ६८ हजार २०२ कित्ता सेयर रु दुई अर्ब ९४ करोड २७ लाख ८१ हजार ८२६ मा खरिद-बिक्री भएका छन् । कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको सूचक बढेको छ भने दुई उपसमूहको सूचक घटेको छ ।
आज १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ कम्पनीको घटेको छ । त्यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज उपकार लघुवित्त, माथिल्लो मैलुङ खोला जलविद्युत् र आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले कमाएका छन् । एनएमबी ऊर्जा बण्ड, आरबिबि म्युचुअल फण्ड र कुथेली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले भने गुमाएका छन् ।
