RayNewsDaily
भोटेकोशी बाढीपछि लगातार घटेको नेप्सेमा सामान्य वृद्धि
  • भोटेकोशी बाढीपछि ६ दिनको गिरावटमा ब्रेक, नेप्से बढ्यो ।
  • नेप्से ९.२४ अंक बढेर २,५२२.६६ विन्दुमा पुग्यो ।
  • कारोबार रकम घटेर २ अर्ब ९० करोड रुपैयाँमा सीमित ।

रे समाचार/काठमाडौँ । भोटेकोशी बाढीपछि पछिल्ला ६ कारोबार दिनदेखि घटिरहेको शेयर बजार मापक नेप्से परिसूचकमा आज भने सामान्य वृद्धि भएको छ ।

नेप्से परिसूचक आज ९.२४ अंक बढेर २,५२२.६६ विन्दुमा पुगेको छ । नेप्से बढे पनि कारोबार रकम भने घटेको छ । हिजो ३ अर्ब ६४ करोड ८६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएकोमा आज २ अर्ब ९० करोड ६९ लाख ४३ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आज माथिल्लो मैलुङ खोला जलविद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक ७.१५ प्रतिशतले बढेको छ । त्यस्तै, एमबिएल इक्विटी फण्डको इकाईमूल्य करिब ६ प्रतिशत र इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य करिब ५ प्रतिशतले बढेको छ । उपकार लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ८.४८ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको १३ करोड ८२ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्टको साढे १३ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने आँखुखोला जलविद्युत् कम्पनीको कारोबार रकम १० करोड रुपैयाँ नाघेको छ ।

आज १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक बढेको छ भने एउटा उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०८३  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update