- नेप्से ३५.९२ अङ्कले घटेर २,५५८.३५ मा ।
- १३ वटै उपसमूहमा गिरावट ।
- ४ अर्ब ७७ करोड ३८ लाख रुपैयाँको कारोबार ।
रे समाचार/काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ३५ दशमलव ९२ अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २ हजार ५५८ दशमलव ३५ मा झरेको हो ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक छ अङ्कले घटेर ४५१ दशमलव ६६ मा पुगेको छ । फ्लोट सूचक २ दशमलव ६१ अङ्कले घटेर १७५ दशमलव ४३ तथा सेन्सेटिभ फ्लोट सूचक २ दशमलव ०९ अङ्कले घटेर १५२ दशमलव ५१ मा कायम भएको छ ।
आज विभिन्न कम्पनीका १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता शेयर ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार ६५७ रुपैयाँमा खरिदबिक्री भएका छन् ।
१३ वटै उपसमूहको सूचक घटेको छ । आज २३ कम्पनीको शेयर मूल्य बढ्दा २५२ कम्पनीको घटेको छ भने तीन कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज सर्वाेत्तम पेन्ट्स इन्डस्ट्रिज, अपर हेवा खोला हाइड्रोपावर कम्पनी र एभरेष्ट बैंकका लगानीकर्ताले कमाएका छन् । रसुवागढी हाइड्रोपावर, मैलुङ खोला जलविद्युत् कम्पनी र त्रिशूली जलविद्युत् कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।
