RayNewsDaily
नाडा अटो शो २०२६ आजदेखि, ५१ ब्रान्डका सवारीसाधन प्रदर्शनमा
  • भृकुटीमण्डपमा आजदेखि अटो शो सुरु ।
  • ५१ ब्रान्डको सहभागिता, २२ कार ब्रान्ड ।
  • भदौ १४ गतेसम्म प्रदर्शनी सञ्चालन हुने ।

काठमाडौँ । नेपालको सबैभन्दा ठूलो अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो २०२६’ आजदेखि काठमाडौँको भृकुटीमण्डपमा सुरु हुँदैछ । नेपाल अटोमोबाइल्स एसोसिएसन (नाडा) स्थापनाको ५०औँ वर्ष अर्थात् स्वर्णजयन्तीको अवसरमा आयोजना गरिएको प्रदर्शनी भदौ १४ गतेसम्म सञ्चालन हुनेछ ।

यस वर्षको प्रदर्शनीमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे तथा व्यावसायिक सवारीसाधनका गरी ५१ ब्रान्ड सहभागी हुँदैछन् । तीमध्ये २२ वटा कार ब्रान्ड रहेका छन् ।

शोमा बीवाईडी, टाटा, सुजुकी, दीपल, अवतार, स्कोडा, जिली, एमजी, जीडब्ल्यूएम, ओमोडा, जेको, जेटोर, लीपमोटर, स्काइवेललगायत ब्रान्डका सवारीसाधन प्रदर्शनमा राखिनेछन् ।

त्यस्तै, रोयल इन्फिल्ड, यात्री, हिरो, भिडा, यामाहा रेसिङ, भेस्पा/एप्रिलिया, एम्पियर, मेटाईभी र रिभोल्टलगायत दुईपाङ्ग्रे ब्रान्डको पनि सहभागिता रहेको छ ।

टायर, लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा अटो कम्पोनेन्ट कम्पनीसँगै बैंक, वित्तीय संस्था र बीमा कम्पनीसमेत प्रदर्शनीमा सहभागी हुनेछन् ।

आयोजकका अनुसार यसपटकको अटो शो विगतका संस्करणभन्दा व्यवस्थित, प्रविधिमैत्री र व्यापक बनाउने तयारी गरिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३  १०:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update