सुन र चाँदीको भाउ घट्यो, सुन प्रतितोला ३ लाख २२ हजार २ सय रुपियाँमा कारोबार हुँदै
- सुन तोलामा ५०० रुपैयाँ घट्यो ।
- चाँदी ६५ रुपैयाँले सस्तियो ।
- सुन ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार ।
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुन र चाँदी दुवैको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला ५०० रुपैयाँले घटेर ३ लाख २२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले घटेको छ । सोमबार ४ हजार ९६५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार ४ हजार ९०० रुपैयाँमा झरेको हो ।
यससँगै सुन र चाँदी दुवैको मूल्यमा सामान्य गिरावट आएको छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०८३ १०:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
