- नेप्से १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा ।
- कारोबार रकम ३ अर्ब २३ करोडमा सीमित ।
- १३ वटै उपसमूहको परिसूचकमा गिरावट ।
रे समाचार/काठमाडौँ । साताको पहिलो कारोबार दिन आज शेयर बजारमा उच्च गिरावट आएको छ । नेप्से परिसूचक १९.१३ अंकले घटेर २५९९.५८ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । गत शुक्रबार ४ अर्ब १६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएकामा आज ३ अर्ब २३ करोड ९७ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सर्वोत्तम पेन्ट्सको शेयर मूल्य लगातार आठौँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कम्पनीको शेयर मूल्य ११ रुपैयाँ ६० पैसा बढेर ९१७ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको छ ।
त्यस्तै, धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य करिब १२ प्रतिशतले बढेको छ भने सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । पञ्चकन्या माई हाइड्रोपावरको शेयर मूल्य भने आज सर्वाधिक ९.८३ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । उक्त कम्पनीको १२ करोड ७२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको करिब १२ करोड रुपैयाँ र साहस ऊर्जा लिमिटेडको साढे १० करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
आज १३ वटै उपसमूहको परिसूचक घटेको छ । जलविद्युत् उपसमूहको परिसूचक सर्वाधिक १.१९ प्रतिशतले घटेको छ ।
