सुनको भाउ फेरि बढ्यो, तोलामा ३ हजार २ सय रुपैयाँ महँगियो
- सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँ ।
- एक सातामा सुन १५ हजार ९ सय रुपैयाँ महँगियो ।
- चाँदी भने १० रुपैयाँले घट्यो ।
रे समाचार/काठमाडौं । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला ३ हजार २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन सुनको मूल्य प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँ थियो । पछिल्लो एक सातामा सुनको भाउ १५ हजार ९ सय रुपैयाँले बढेको छ । गत सोमबार सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैबीच, चाँदीको भाउ भने प्रतितोला १० रुपैयाँले घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य ४ हजार ९ सय ७५ रुपैयाँ थियो ।
गत सोमबार चाँदी प्रतितोला ४ हजार ७ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ ८, २०८३ ११:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
