गुजरातमा विषाक्त मदिरा सेवनबाट आठ जनाको मृत्यु
नयाँदिल्ली । भारतको गुजरातमा मेथनोल मिसाइएको नक्कली मदिरा सेवन गर्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ भने करिब ४० जना बिरामी परेका छन् ।
भावनगर क्षेत्रमा पछिल्लो २४ घण्टामा घटना भएको जनाइएको छ । बिरामीलाई स्थानीय अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
मदिरा सेवन र बिक्रीमा प्रतिबन्ध रहेको गुजरातमा अवैध रूपमा घरमै मदिरा बनाउने क्रमसमेत रहेको बताइएको छ । यस्ता विषाक्त मदिरा सेवनका कारण भारतका विभिन्न स्थानमा यसअघि पनि मानवीय क्षति हुने गरेको जनाइएको छ ।सिन्ह्वा
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३ १५:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
