- नेप्से १०.६७ अंक घटेर २,६१८.७२ विन्दुमा ।
- ४ अर्ब १६ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार ।
- १३ मध्ये १२ उपसमूहको परिसूचक घट्यो ।
रे समाचार/काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १०.६७ अंकले घटेर २ हजार ६१८.७२ विन्दुमा झरेको छ । हिजो सामान्य अंकले बढेको नेप्से आज भने घटेर बन्द भएको हो ।
हिजो ४ अर्ब ४० करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज ४ अर्ब १६ करोड ७६ लाख १८ हजार रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ ।
आज सर्वोत्तम पेन्ट्सको शेयरमूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लेभलमा पुगेको छ । कम्पनीको शेयरमूल्य १०४ रुपैयाँ बढेर ७९७ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ । पञ्चकन्या माइ हाइड्रोपावरको शेयरमूल्य पनि करिब १४ प्रतिशतले बढेको छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य भने सर्वाधिक ५.२६ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रहेको छ । कम्पनीको २६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । सोलु हाइड्रोपावरको साढे २४ करोड रुपैयाँभन्दा बढी र रिडी पावर कम्पनीको साढे १८ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
कारोबारमा आएका १३ उपसमूहमध्ये म्युचुअल फन्ड उपसमूहको परिसूचक सामान्य बढेको छ भने बाँकी १२ उपसमूहको परिसूचक घटेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक १.०६ प्रतिशतले घटेको छ ।
