सुनको मूल्य तोलामा ३ हजार ३०० रुपैयाँ बढ्यो, चाँदी पनि महँगियो
- सुन प्रतितोला ३ लाख १६ हजार ७००
- चाँदी प्रतितोला ४ हजार ९८५
- सुनचाँदीको मूल्यमा पुनः वृद्धि
रे समाचार/काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला ३ हजार ३०० रुपैयाँ बढेको छ । चाँदीको मूल्य पनि प्रतितोला १३० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १६ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । असली चाँदीको मूल्य प्रतितोला ४ हजार ९८५ रुपैयाँ कायम भएको छ ।
हिजो छापावाल सुन प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँ र चाँदी प्रतितोला ४ हजार ८५५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५४०.१८ अमेरिकी डलर तथा चाँदी ६८.९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०८३ ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
