सुनको मूल्य एकैदिन ९ हजारले बढ्यो, प्रतितोला ३ लाख १३ हजार ४०० रुपैयाँमा कारोवार हुँदै
रे समाचार/काठमाण्डू । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला ९ हजार ३०० र चाँदीको मूल्य रु २६० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १३ हजार ४०० कायम भएको छ । असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ८५५ निर्धारण भएको छ ।
हिजो छापावाल सुन प्रतितोला ३ लाख ४ हजार १०० र असली चाँदी प्रतितोला रु चार हजार ५९५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ५१२ र चाँदी ६७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बिहीबार, भदौ ४, २०८३ ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
