- नेप्से ०.२६ अंक घट्यो ।
- कारोबार रकम ३ अर्ब २९ करोड ।
- मनकामना इन्जिनियरिङ ८.४५ प्रतिशत घट्यो ।
रे समाचार/काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक सामान्य अंकले घटेको छ । नेप्से ०.२६ अंक घटेर २६२२.२२ विन्दुमा झरेको छ ।
नेप्सेसँगै आज कारोबार रकम पनि घटेको छ । हिजो ५ अर्ब ७ करोड ३५ लाख १८ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएकोमा आज ३ अर्ब २९ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट र सर्वोत्तम पेन्ट्सको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । माउन्ट एभरेस्ट पावरको शेयर मूल्य १० रुपैयाँ ४० पैसा बढेर ६९३ रुपैयाँ ६० पैसामा अन्तिम कारोबार भएको छ भने सर्वोत्तम पेन्ट्सको शेयर मूल्य ७८ रुपैयाँ ६० पैसा बढेर ६७३ रुपैयाँ २० पैसामा पुगेको छ ।
मनकामना इन्जिनियरिङ कम्पनीको शेयर मूल्य भने आज सर्वाधिक ८.४५ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज साहस ऊर्जा कम्पनी शीर्ष स्थानमा रहेको छ । कम्पनीको १७ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै, सोलु हाइड्रोपावरको १६ करोड ८८ लाख रुपैयाँभन्दा बढी र रिलायन्स स्पिनिङ मिल्सको १५ करोड ५५ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।
१३ वटा उपसमूहमध्ये आज पाँच उपसमूहको परिसूचक बढेको छ भने आठ उपसमूहको परिसूचक घटेको छ ।
