RayNewsDaily
नेप्से १९ अंकले घट्यो, कारोबार रकम ५ अर्ब नाघ्यो
  • नेप्से १९.३४ अंक घटेर २६२२.४८ विन्दुमा 
  • पाँच अर्ब सात करोड रुपैयाँको कारोबार 
  • २१८ कम्पनीको शेयरमूल्य घट्दा ५६ कम्पनी बढे 

रे समाचार/काठमाडौँ । साताको दोस्रो कारोबार दिन शेयर बजार मापक नेप्से परिसूचक १९.३४ अंकले घटेर २६२२.४८ विन्दुमा झरेको छ । नेप्सेसँगै ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.५५ अंकले घटेको छ ।

आज विभिन्न कम्पनीका एक करोड ५१ लाख ९६ हजार ९८२ कित्ता शेयर पाँच अर्ब सात करोड ३५ लाख १८ हजार ६६२ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

१३ उपसमूहमध्ये जलविद्युत् उपसमूहतर्फको परिसूचक बढेको छ भने बाँकी १२ उपसमूह घटेका छन् । आज ५६ कम्पनीको शेयरमूल्य बढ्दा २१८ कम्पनीको घटेको छ भने पाँच कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

कारोबारमा सर्वाेत्तम पेन्ट्स इन्डष्ट्रिज, माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र मनकामना इञ्जिनियरिङ हाइड्रोपावरका लगानीकर्ता लाभान्वित भएका छन् । सगरमाथा जलविद्युत्, खानीखोला हाइड्रोपावर र सिद्धार्थ इक्विटी फन्डका लगानीकर्ताले भने गुमाएका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ २, २०८३  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update