सुनको मूल्य ३ हजार ६०० ले बढ्यो
काठमाण्डू । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ३ हजार ६०० र चाँदी रु ५० ले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल एक तोला सुनको मूल्य रु तीन लाख पाँच हजार २०० कायम भएको छ । शुक्रबार एक तोला सुन रु तीन लाख एक हजार ६०० मा कारोबार भएको थियो ।
यसैगरी, चाँदीको मूल्य प्रतितोला रु चार हजार ७१० कायम भएको छ । शुक्रबार एक तोला चाँदी रु चार हजार ६६० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलर तथा चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३ ११:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
