- नेप्से ७.३७ अङ्कले घटेर २,६४३.८३ विन्दुमा ।
- चार अर्ब २७ करोडको शेयर कारोबार ।
- १०१ कम्पनीको शेयर बढ्दा १६४ कम्पनी घटे ।
रे समाचार/काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ७.३७ अङ्कले घटेर २ हजार ६४३.८३ विन्दुमा झरेको छ ।
सेन्सेटिभ परिसूचक भने ०.१३ अङ्कले बढेर ४६४.७३ विन्दुमा पुगेको छ । फ्लोट सूचक ०.४० अङ्कले घटेर १८१.७६ तथा सेन्सेटिभ फ्लोट सूचक ०.१९ अङ्कले घटेर १५७.१३ विन्दुमा पुगेको छ ।
आज ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर रु चार अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ मा कारोबार भएको छ । १३ उपसमूहमध्ये चारको सूचक बढेको छ भने नौ उपसमूहको सूचक घटेको छ ।
आज १०१ कम्पनीको शेयर मूल्य बढ्दा १६४ कम्पनीको घटेको छ । १२ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी, सर्वोत्तम पेन्ट्स कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । सुपरखुदी हाइड्रोपावर कम्पनी, सिटिजन सन्तुलित योजना र साङ्ग्रिला विकास बैंक डिबेञ्चरका लगानीकर्ताले भने गुमाएका छन् ।
