RayNewsDaily
नेप्से ८.८१ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब ७२ करोड रुपैयाँ नाघ्यो
  • नेप्से ८.८१ अंक बढेर २६५१.२१ विन्दुमा ।
  • कारोबार रकम ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँ ।
  • १० उपसमूहको परिसूचक बढ्दा दुई घटे, एक स्थिर ।

रे समाचार/काठमाडौँ । शेयर बजार मापक नेप्से परिसूचक आज ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ ।

हिजो ३ अर्ब ५३ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज ३ अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

आज दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । सुपर खुदी हाइड्रोपावरको शेयरमूल्य १३ प्रतिशत तथा घलेम्दी हाइड्रोको करिब १२ प्रतिशतले बढेको छ । इमर्जिङ नेपाल लिमिटेडको शेयरमूल्य भने ५.११ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा घलेम्दी हाइड्रो शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २९ करोड ९८ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको साढे १६ करोड रुपैयाँभन्दा बढी तथा सोलु हाइड्रोपावरको साढे १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ । दुई उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक अपरिवर्तित रहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १५:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update