RayNewsDaily
रघुगङ्गामा करदाता सेवा सुरु   

म्याग्दी   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा बुधबारदेखि करदाता सेवा सुरु भएको     
    
 मौवाफाँटमा रहेको गाउँपालिकाको कार्यालयले स्थायी लेखा नम्बर जारी, व्यवसायको आयकरमा दर्ता, स्थायी लेखा नम्बर दर्तासँग सम्बन्धित संशोधन दर्ता खारेजी भएका व्यावसायिक स्थायी लेखा नम्बरलाई व्यक्तिगत स्थायी लेखा नम्बरमा रुपान्तरण गर्नेसम्बन्धी सेवा सुरु गरेको हो     
    
 यसअघि यी सेवा लिनका लागि म्याग्दीका सेवाग्राही आन्तरिक राजस्व कार्यालय बागलुङ जाने गरेका थिए करदातासम्बन्धी सेवाका लागि बागलुङ जान, आउन लाग्ने समय खर्चको बचत भई सर्वसाधारणलाई सहज भएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिनुभयो     
    
 अध्यक्ष भण्डारी आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कर अधिकृत कपिल सिलवालले सेवाग्राहीलाई व्यासायिक व्यक्तिगत लेखा नम्बर दर्ता प्रमाणपत्र प्रदान गरेर सेवा शुभारम्भ गर्नुभएको हो     
    
 पहिलो पटक अनु अश्विनी कृषि तथा पशुपक्षी फार्मका सञ्चालक रघुगङ्गा गाउँपालिका मौवाफाँटकी भदेवी तिलिजालाई व्यावसायिक माधव भण्डारीलाई व्यक्तिगत लेखा नम्बर प्रदान गरिएको थियो     
    
 सङ्घीय सरकारले २०८३ कात्तिक १७ गते स्थानीय तहबाट करदाता सेवा प्रदान गर्ने निर्णय गरेको थियो मौवाफाँटका व्यवसायी रमेश शर्माले गाउँपालिकाबाटै करदातासम्बन्धी सेवा उपलब्ध भएपछि भौगोलिक रूपमा विकट दुर्गम क्षेत्रका व्यवसायी उद्यमीलाई सहज भएको बताउनुभयो     
    
 “रु एक हजार कर तिर्नका लागि रु दुईदेखि तीन हजार खर्चेर बागलुङ जान, आउन हुने दुर्गम कुइनेमङ्गले, पाखापानी जस्ता बस्ती भएका रघुगङ्गाका बासिन्दालाई करदाता सेवाले समयको बचत खर्च घटाएको ,” उहाँले भन्नुभयो, “सेवाको निरन्तरता आवश्यक ”    
    
 सेवाले प्रशासनिक सङ्घीयतालाई बलियो बनाउने यस कार्यक्रमले कर प्रशासनको कामलाई विकेन्द्रित गर्दै स्थानीय तहलाई थप मजबुद बनाउन सहयोग पुग्ने आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत सिलवालले बताउनुभयो     
    
 उहाँका अनुसार कर कार्यालयको कार्यक्षेत्र भएका जिल्लाहरू बागलुङ, पर्वत, मुस्ताङ म्याग्दीका स्थानीय तहहरूमध्ये म्याग्दीको रघुगंगा बेनी नगरपालिकासहित छवटा स्थानीय तहले करदाता सेवा सञ्चालन गरेका छन्     
    
 गाउँपालिकाका मौजुदा कर्मचारीलाई तालिम प्रदान गरी आवश्यक उपकरणको व्यवस्थापन गरेर करदाता सेवा सञ्चालन गरिएको रघुगङ्गाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिनुभयो     
    
 राससका अनुसार करदातालाई सहजता हुने, कर भुक्तानीको लागत समय घट्ने, स्थानीय सरकारकोआयस्रोतसक्षमता करको आधारमा वृद्धि हुने, सुशासन प्रवर्धनमा सहयोग पुग्ने उहाँको भनाइ     

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  ०८:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update