RayNewsDaily
ग्यास आपूर्ति पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै
  • ग्यासको आपूर्ति, वितरण र ढुवानी पारदर्शी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गरिँदै ।
  • सिंहदरबारमा साउन २८ गतेदेखि खाद्यका स्टलमार्फत खाद्यान्न बिक्री गरिने ।
  • एक साताभित्र ग्यासको सहज आपूर्ति हुने निगमको दाबी, मङ्गलबार १३४ बुलेट भित्रिए ।

रे समाचार/काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारीले ग्यास आपूर्तिको अवस्था, वितरण तथा ढुवानीलाई पारदर्शी र प्रभावकारी बनाउन अनलाइन ट्र्याकिङ प्रणाली निर्माण गर्न लागिएको बताउनुभएको छ ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ताहित संरक्षण समितिले आज आयोजना गरेको खाद्य आपूर्तिसम्बन्धी छलफल कार्यक्रममा मन्त्री गौरीकुमारीले अहिले गुगल फारममार्फत ग्यासको विवरण सार्वजनिक गर्न थालिएको बताउनुभयो ।

मन्त्री गौरीकुमारीले सिंहदरबारमा साउन २८ गतेदेखि खाद्यका स्टलमार्फत खाद्यान्न बिक्री वितरण गर्न लागेको बताउनुभयो ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र साहले एक साताभित्रै ग्यासको सहज आपूर्ति हुने दाबी गर्नुभएको छ । उहाँले मङ्गलबार मात्रै १३४ ग्यास बुलेट भित्रिएको बताउनुभयो । उहाँले साउन २६ गतेसम्म ३४ लाख ग्यास सिलिन्डर भित्रिएको दाबी गर्नुभयो ।

प्रकाशित मिति: बुधबार, साउन २७, २०८३  १४:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update