सुनको मूल्य एक हजार दुई सयले घट्यो
- सुनको मूल्य प्रतितोला रु. एक हजार दुई सयले घटेर रु. तीन लाख छ हजार सात सय कायम ।
- चाँदीको मूल्य प्रतितोला रु. ३५ ले घटेर रु. चार हजार सात सय ४५ पुग्यो ।
- अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार चार सय अमेरिकी डलरमा कारोबार ।
रे समाचार/काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु. एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु. तीन लाख छ हजार सात सयमा कारोबार भइरहेको छ ।
हिजो एक तोला सुन रु. तीन लाख सात हजार नौ सयमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला रु. ३५ ले घटेर रु. चार हजार सात सय ४५ कायम भएको छ । हिजो चाँदी प्रतितोला रु. चार हजार सात सय ८० मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस चार हजार चार सय अमेरिकी डलर तथा चाँदी प्रतिऔँस करिब ६५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०८३ ११:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
