सुनको मूल्य तोलामा ६ हजार ४०० रुपैयाँले बढ्यो
- सुनको मूल्य तोलामा रु ६ हजार ४०० ले बढ्यो ।
- छापावाल सुन प्रतितोला रु ३ लाख ७ हजार ९०० पुग्यो ।
- चाँदीको मूल्य प्रतितोला रु ४ हजार ७८० कायम ।
रे समाचार/काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा सुनको मूल्य तोलामा रु ६ हजार ४०० र चाँदीको मूल्य रु ११० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ३ लाख ७ हजार ९०० कायम भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु ४ हजार ७८० पुगेको छ ।
सोमबार छापावाल सुन प्रतितोला रु ३ लाख १ हजार ५०० र चाँदी प्रतितोला रु ४ हजार ६७० मा कारोबार भएको थियो ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०८३ १३:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
