RayNewsDaily
शेयर बजारमा गिरावट, नेप्से ९ अंक घट्यो
  • साताको पहिलो कारोबार दिन नेप्से २६४१.०५ विन्दुमा ।
  • कारोबार रकम घटेर ३ अर्ब ६७ करोडमा सीमित ।
  • १३ उपसमूहमध्ये चार बढे, नौ उपसमूह घटे ।

रे समाचार/काठमाडौँ । साताको पहिलो कारोबार दिन आज शेयर बजार मापक नेप्से परिसूचक ९.०२ अंकले घटेर २६४१.०६ विन्दुमा झरेको छ । पछिल्ला दुई कारोबार दिनदेखि घटिरहेको नेप्सेले आज पनि गिरावटलाई निरन्तरता दिएको हो ।

नेप्सेसँगै आज कारोबार रकमसमेत घटेको छ । गत शुक्रबार ३ अर्ब ७७ करोड रुपैयाँबराबरको शेयर कारोबार भएकोमा आज ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

Nepal-stock-exchange-1786355529.jpgshr-1786355657.JPG

आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सर्वाधिक ८.४७ प्रतिशतले बढेको छ । दरमखोला हाइड्रो इनर्जीको शेयरमूल्य ६ प्रतिशतले वृद्धि हुँदा अन्य स्टकको मूल्यवृद्धि ५ प्रतिशतभन्दा कम रहेको छ ।

रिलायबल समृद्धि योजना २ को इकाईमूल्य भने सर्वाधिक ९.७० प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ४६ करोड ३७ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ । रिडी पावर कम्पनीको करिब ३० करोड रुपैयाँको शेयर किनबेच हुँदा फस्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको कारोबार रकम १२ करोड रुपैयाँ नाघेको छ ।

आज १३ उपसमूहमध्ये चार उपसमूहको परिसूचक बढेको छ भने नौ उपसमूहको परिसूचक घटेको छ ।

प्रकाशित मिति: सोमबार, साउन २५, २०८३  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update